ओलीले प्रचण्डलाई काशी लगे ! आलु पार्टी भाग–२ l Nepali Comedy Artist Performance

 

 

आलु पार्टीको विउ रोपिदाँ बजारमा ३ रूपैंया धार्नीमा आलु पाईन्थ्यो । अचम्ममा नपार्नु नि यो घटना आज भन्दा ठ्याक्कै भन्दा ४० बर्ष अगाडी साहित्यकार रामकुमार पाँडेको घर अगाडीको पसलको हो । आफ्नै साँधसिमाना भित्र आलु पार्टी आयोजना गर्दा ३ रूपैंया धार्नीमा पाईने आलुको अमिता पाँडेले १७ किसिमका परिकार वनाएर पाहुना कविहरुलाई खुवाएकी थिइन् । अहिले आलुको भाउ बढेर सधै १ सय रूपैंया धार्नी भन्दा माथी नै रहेपछि पाँडे दम्पत्तिले ३ किसिमको (आलुको खीर, आलुको अचार र आलुको चप) मात्र खुवाउन थाले । आलु पार्टीमा आलु खानु भन्दा पनि आलु जस्ता रमाईला कविता र ब्यंग सुनाउनु पार्टीको रमाईलो हुने गरेको छ । उक्त पार्टीका केही कविता र ब्यंगहरू । तपाईलाई कस्तो लाग्यो यो भाग ? प्रतिक्रिया दिनुहोला मन परेमा