मेरी हुन नसकेकी श्रीमती

मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन, अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल प्रति पल ब्याप्त थियो | नहोस पनी कसरी? उनको लागी त थाहा छैन, मेरो लागी भने यो अनुभब पक्कै पनी नयाँ नै थियो | हामी दुई जनाको कुरा छिन्न केटा र केटी ले गफ गरून भनेर रखिएको थियो एउटै कोठामा ।

आख़िरमा मैलेनै आफू केटा हुनुको बोध दर्शाउने बिचार गरे ।

‘तिम्रो नाम के हो?’

कस्तो अवास्ताबिक प्रश्न ! मानौं म प्रश्न सोध्नलाई मात्र प्रश्न सोधिरहेछु ! पक्कै पनी मेरो यो प्रश्न प्रति उनिलाई हाँसों उठ्यो होला ! शोलेमा ‘तुम्हारा नाम क्या है बसन्ती?’ भने जस्तो !

‘बिबाह गर्न आउनु भएको नाम नै थाहा नभई त?’

उनले मलाई प्रतिप्रश्ना गरिन । उनको बोली स्पस्ट थियो, एउटा साहसी युवक को जस्तो! म छक्क परें, प्राय केटीहरु लजाउने खालका हुन्छन् भन्ने मेरो सोचाई थियो, तर मेरो सानो प्रश्न माथी पनी प्रतिप्रश्न? किन? उन्लाई मलाई उनको नाम संध्या हो भन्ने थाहा हुंदाहुँदै पनी उनले दोहोर्याएर पनी त भन्न सक्थीन । के यो उनको अहम् हो? वा अरु नै कुनै कुरा? मैले पहिलो चोटी उनिलाई नियालें । साधारण भएर पनी असाधारण थिइन् उनी । बिवाह को लागी पहिलो भेटघाट ने भए पनी खास श्रृंगार थिएन उनको अनुहारमा, तर बिछट्टै राम्री । के ले गर्दा हो मलाई पानी थाहा छैन । शायद उनको चुच्चो नाक, शायद एउटा रहस्य बोकेको जस्तो अनुहार, शायद अरु नै केही !

********************

‘तपाईको यो पहिलो पटक हो?’

उनले मलाई फेरी एक पटक झाटारो हानिन । म अकमक्क परे । उनी पक्कै पनी साधारण होइनन, नभए पहिलो भेट, त्यो पनी बिबाह्को उदेश्यले, केटी ले यस्तो प्रश्न सोध्नु त पक्कै पनी साधारण मनिदैना ।

‘किन? तिम्रो होइन र?’

मैले पनी एकछिन उनलाई जिस्काउने प्रयास गरे ।

‘म तपाँई जत्तिको नर्भस भएको छैन नि, छू र?’

उनी पहिलो चोटी हासीन । एउटा स्वछन्द हाँसो, रोकटोक नभएको । कोठा भित्र चिया को ट्रे छिर्यो, हामी अली सतर्क भयौ । ट्रे बोकेरा आउने अधबैसे आईमाई ले हामिलाई चियो को नजरले हेरिन अनी चुपचाप बाहिर निस्किन । ढोका ढप्क्याईदियीन । यो कती बेर सम्म हुने हो सोच्दै मैले पसीना पुश्ना रुमाल बाहिर निकाले ।

‘मंसिरमा काठमान्डौ मा पसीना?’

उनी फेरी हासीन ।

‘तिमी हास्दा असध्य राम्री देखिन्छ्यौ, एकदम निस्फिक्री हासे जस्तो ।’

मैले पहिलो चोटी उनको प्रसंसा गरे तर साँचो भन्छु प्रसंसा मेरो मुटू बाट साँचो निक्लेको प्रसंसा थियो । हुनसक्छ, मलाई देखावटीपन मन पर्दैन ।

‘तपाई चीनी कती चम्चा लिनुहुन्छ?’

‘अरु बेला दुई चम्चा, आज एक चम्चा मात्र ।’

‘किन?’

‘एक चम्चा चीनी को काम त तिम्रो हातले पनी गर्ला नि!’

‘मलाई यस्तो नहुने कुरा गरेको मन पर्दैन ।’

पहिलो चोटी प्रसंसा मन नपर्ने केटी देखियो, तर किन हो किन मलाई त्यही प्रसंसा मन नपर्ने केटी नै मन पर्दैछ ।

‘कस्तो भौतिकतावादी तिमि, प्रसंसा पनी मन नपर्ने ।’

‘होइन, म यथार्थ वादी छू ।’

‘एउटा कुरा सोधौ?’

‘सोध्नुहोस न, त्यसैका लागी त तपाँईलाई यो कोठा भित्र छोडिएको ।’

‘तिमि यती राम्री, फ्रैंक पनी । कलेजमा केटाहरुसंग अफेयर भएन कहिल्यै?’

यो प्रश्न मैले अली ज्यादा नै सोधे जस्तो लागेको थियो तर उनको हासो ले म परिधि भित्रै छू जस्तो लाग्यो ।

‘अहं मैले कहिल्यै पनी केटा हरुलाई खासै भाऊ दिइन । तपाँई पनी त हेन्डसम हुनुन्छ, कोही गर्ल्फ्रेन्ड बनेनन?’

‘थिए तर प्रतिस्पर्धामा तिमिलाई जित्न सक्ने कोही पाइन ।’

‘मलाई प्रतिस्पर्धी बनाएर आफुलाई पुरस्कार बनाउन खोज्नु भएको । भो मलाई चाहिएन पुरस्कार ।’

पहिलो चोटी मलाई यो युद्ध हरेको अनुभव भयो । मैले अफ्नो अन्तिम अस्त्र फ्याल्ने प्रयास गरें ।

‘तिम्रो जीवन मा कोही छ भने भन । म बाटो छोडीदिनेछु ।’

‘तपाँई राम्रो केटा हुनुन्छा, तर म तपाईलाई मात्र साथी बनाउन सक्छु ।’

‘जीवनसाथी किना बनाउन सक्दिनौ, कोही केटा छ, के उ म भन्दा राम्रो छ? केयरिङ छ?’

‘मलाई सानै देखि केटाहरु कहिल्यै मन परेनन्, उ केटा होइना केटी हो !!!’

मैले मुन्टो उठाउने साहस गरीन, तलको कार्पेट मलाई गीज्याऊँदै थियो ।

Rajit Ojha
#RAJIT OJHA


Leave a comment