गजलको बारेमा पण्डित्याई

त्यसो त आजकाल मैले गजल नलेखेको धेरै भैसक्यो । लाग्छ मैले आजसम्म गजल भनेर लेखेका भावनाहरु गजल नै हैन रहेछन् । र गजलको बारेमा बोल्दिन पनि, किनकी गजलको बारेमा पण्डित्याई गर्ने सामर्थ्य म राख्दिन । यद्यपि आफ्नो रुचीको बिषय भएकोले जब त्यसको विवादले हद नाँघ्छ नबोलौं भन्दाभन्दै पनि बोल्न मन लाग्छ । म पूर्विय दर्शन साहित्यको छन्द कविता र वहरवद्ध गजललको विशिष्टता र उच्चतालाई हृदयदेखि सम्मान गर्छु र ति साधक सर्जकहरुलाई पनि । गजललाई माया गर्नुहुने र अधिक साधना गर्नुहुने हाम्रा जिवित सर्जकहरु – कोमल र शालीन भावका अभियन्ता Ravi Pranjal, Krishna Hari Baral, DrGhanashyam Parishramee, Sanat Kumar Wasti, Dhanraj Giri, Lalijan Rawal लगायतलाई हृदय देखी सम्मान गर्छु, गहन अध्ययन र अनुसन्धान पश्चात बहरमा लेख्दै सबैलाई स सम्मान आफ्नो ज्ञान बाँड्नुहुने आदरणिय Karun Thapa, Bhakti Prasad Paudyal, आवाज शर्मा, टक लम तमू लाई पनि सतत नमन गर्छु । नवीन खोज र अथक साधना पश्चात् छन्दमा शोधग्रन्थ पेश गर्नुहुने Postraj Chapagain लाई पनि प्रणाम गर्छु ।

सोच र विचार फरक हुन्छन् । एउटा SLC पास गरेको मास्टरले पढाएको बिद्यार्थी डक्टर बन्छ, त्यो अलग कुरा हो । तर आफ्नो धरातल बिर्सेंर तिनै गुरुहरुको अपमान गर्ने उरन्ठेउला बोकाहरु मलाई पटक्कै मन पर्दैन । चाहे जुन सुकै विधा र धारमा लेखोस् साहित्य शालीन बिषय हो । र साहित्य साधकसँग सिर्जनात्मक क्षमता मात्रै नभइ शिष्टता, विनम्रता, हार्दिकता, कोमलता, शालीनता जस्ता गुणहरु हुनुपर्छ । यो मेरो मान्यता हो । सिर्जनामा असाध्यै ठुलो भाव पस्किने तर यथार्थमा (उसको स्टाट्समा) साह्रै किच्चा र घटिया व्यवहार देखाउने सर्जक मेरो नजरमा साह्रै तुच्छ प्राणी हुन् । किनकी नेपाली साहित्यको हकमा साहित्य पेशा हैन, सोख मात्रै पनि हैन, साहित्यकार त्यो हो – जो स्वच्छ मनले भित्र जस्तो छ बाहिर पनि उस्तै रुप धारण गरेर वर्तमानलाई कलात्मक तरिकाले शब्दमा उतार्न सक्छ । निक्रिष्ट सोच, अहमकारी, कुण्ठायुक्त व्यक्ती साहित्यकार हुनै सक्दैन र यदी भैहाल्यो र त्यसले जति नै सुन्दर सिर्जना गरे पनि ति केवल कागजका फूल मात्रै हुन ।

आजकाल सामाजिक सञ्जालमा केही मित्रहरुको स्टाटस देख्छु, उनिहरुको अहम् र चुरिफुरी देख्दा लाग्छ नेपाली साहित्य आकाश उनिहरुले नै धानेका छन् । हुन त मान्छे २ वटा अवस्थामा बढी हल्ला गर्छ । कि त उसको क्षमता भन्दा धेरै प्राप्ती भएर, कि उसलाई सुनने कोही नभएर यो संसारमा म पनि जिवितै छु है भनेर आफ्नो जवर्जस्ती अस्तित्त्व देखाउन । आजकाल केही मित्रहरुको सञ्जालमा राँडरुवाई देख्दा लाग्छ यी दोस्रो दर्जाका हल्लावाज् हुन । उदाहरणको लागि, एउटा जन्मजात क्रिष्चियन अमेरिकी नगरकिले नेपाल आएको बेला बकाइदा टीका लगाउछ, माला लगाउछ, दशै तिहार होली मनाउछ । तर हिजो क्रिष्चियन बनेकी अन्जु पन्तले हिन्दू भजन गाउदिन भने जस्तै, हिजो सम्म नेपाली गजलको यही धारमा टेकेर जबर्जस्ती संरचना मिलाउने र दाइ मेरो गजल कस्तो भयो हेरेर प्लिज कमेन्ट गर्दिनुस् न भनेर भिख माग्नेहरु आज २/४ वटा सुत्र सिद्धान्त कन्ठ गरेर सुगा रटाइ मिसरा लेख्न सक्ने हुँदैमा यति ठुलो बन्न पर्दैनथ्यो ।

तिमीहरु जस्ता बोकालाई मेरो एउटा के पनि चुनौती छ भने जिन्दगीमा एउटा यस्तो गजल हैन, एउटा मात्रै शेर लेख – जो आम मानिस त परै जाओस् तिमीहरुको फ्रेन्ड लिस्टमा भएका ५००० साथी मध्ये कमसेकम १० जनाले मात्रै पनि – वाह् ! यो त फलानाले लेखेको शेर हो भनेर कन्ठस्थ सुनाउन् । नत्र तिम्रा औकात र शेर हामीले पनि देखेका छौं । साहित्यमा गुटको राजनीति नगर । तिमीलाई राजनीति नै गर्न मन छ भने अन्य क्षेत्र खुला छ । आफ्नो धार र गुटले लेखेको चाँही मलद्वारलाई पनि हरिद्वार देख्ने र अरुको चाँही PHD र तिसौं दशकको साधना तिमीले मजाक उडाउने बिषय हैन, तिमी त 25/30 वर्षे अल्लारे बोका हौ, हल्ला गरेर नाम या बदनाम नै सहि चर्चा पाउनु होला । तर कसैको सिंगो जिन्दगीको लगानी माथी खेल्ने अधिकार तिमीलाई छैन ।

त्यसो त आजकाल मैले गजल नलेखेको धेरै भैसक्यो ! लाग्छ मैले आजसम्म गजल भनेर लेखेका भावनाहरु गजल नै हैन रहेछन् ! र गजलको बार…

Publié par जे. सागर sur vendredi 18 août 2017

From Facebook Profile of ‘जे. सागर’


Leave a comment