अन्जु पन्तको सातै सुर

गायिका अन्जु पन्त करिब एक महिनाको अमेरिकाको सांगीतिक यात्रा सकेपछि नेपाल फर्कि गत महिना उनको गायन यात्रा कै पहिलो एकल सांझ २० बर्ष पछि गरिन । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जुको एकल गायन ‘अन्जु पन्त सुमधुर सन्ध्या’ सम्पन्न भएको हो ।

अमेरिकाको भ्रमण र एकल सांझ को व्यस्तता पछिको अहिलेको समय उनि नयाँ गीतहरु रेकर्डिङ गर्न शुरु गरेकिछिन । हालै जिनियस म्युजिक मार्फत लोक बहादुर राईको ‘सातै सुरमा’ नामक गीत रेकर्ड गरी युट्युबमा अपलोड गरिएको छ । संगीतकार हरी लम्सालको संयोजन रहेको यस गीत शिर्षक जस्तै ‘सातै सुर’ समेटिएको लाग्दछ । गीतलाइ युट्युबमा राखे पनि भिडियो नभै गीतकार लोक बहादुर राई, संगीतकार हरी लम्साल अनि गायिका अन्जु पन्तको फोटोहरु राखी एनिमेसन मात्रको भिडियो बनाइएको छ ।

गीत सुन्नु भएर तपाइलाइ कस्तो लाग्दछ प्रतिकृया लेख्नुहोला ।


Leave a comment